Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सडक मानवमुक्त अभियानलाई सबैले साझा मुद्दाको रुपमा हेराैँ : चौधरी

सडक मानवमुक्त अभियानलाई सबैले साझा मुद्दाको रुपमा हेराैँ : चौधरी

  • 1.8K
    SHARES

  • सडक मानवमुक्त अभियानलाई सबैले साझा मुद्दाको रुपमा हेराैँ : चौधरी

    निरला अर्याल/ दाङ फागुन २४ ।

    तुलसीपुर उपमहानरपालिका उप प्रमुख स्यानी चौधरीले होली पर्व हुने खानेको मात्र नभई गरीब तथा निमुखा सबैको साझा पर्व भएको बताउनुभएकाे छ ।

    मानव सेवा आश्रम तुलसीपुरले आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव सेवा आश्रममा आश्रित लक्ष्मी नारायण तथा वाल गोपाल हरु संग होली मनाउन पाउँदा खुसी लागेको बताउनु भयो  ।

    उपप्रमुख चौधरी ले  पछिला वर्षहरूमा होली पर्वलाई विकृतिको रूपमा लैजान बाट रोक्न सबैले चासो दिनुपर्ने बताउनु भयो । राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरले विविध कारणले  सडक जीवन बिताउने हरुलाई आश्रमले आश्रम दिई ठूलो पुण्य कमाएको बताउनु भएको छ ।

    सडक मानवमुक्त अभियानलाई सबैले साझा मुद्दाको रूपमा लिने पर्ने रजौरे भनाई छ । आफू आश्रम मा होली पर्व मनाउन पाउँदा जीवनमा सबै भन्दा खुसी को क्षेण भएको दाबी गर्नु भयो ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका  प्रहरी  निरीक्षक सुशान्त मिश्रले मानव सेवा गर्न पाउँदा आत्म सन्तुष्टि मिलेको बताउनुभयो विगत लामो समय देखि मानव सेवा को क्षेत्र मा आफू सामेल भएको उहाँको भनाइ छ ।

    कार्यक्रममा  तुलसीपुर उपमहानगपालिका महिला तथा सामाजिक विकास शाखा तुलसीपुरका प्रमुख माया श्रेष्ठ, महिला मानव अधिकार रक्षक सञ्जाल दाङ को पूर्व अध्यक्ष सुष्मा गिरी,नगर विकास समिति का सदस्य तथा ब्यबसायी सपना भण्डारी, भलिबल संघ लुम्बिनी प्रदेशको संयोजक तथा विद्युतकर्मी देवेन्द्र बैरागी, ब्यबसायी धर्मेन्द्र वैश्य लगायतकाले होली पर्व को शुभकामना दिनु भएको थियो ।

    आश्रम का जिल्ला संयोजक हीरु जोशीको अध्यक्ष्यतमा कार्यकम सम्पन्न भएको थियो । आश्रममा हाल महिला १९ पुरुष २५ र एक जना बालक र एक जना बालिका गरी ४६ जना आश्रित छन्।

    दाङ लगायत विभिन्न जिल्ला बाट उद्वार गरी उनीहरूलाई आश्रम मा राखिएको छ । उदार गर्दा बोल्न नसक्ने आश्रित हरु पनि आश्रम मा माया प्रेम पाए पश्चात बोल्न सकेको जिल्ला संयोजक हीरू जोशीले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology