Logo बिहिवार, आश्विन १ गते २०८३
images

कुलोमा डुबेर रुपन्देहीमा एक जनाको मृत्यु

कुलोमा डुबेर रुपन्देहीमा एक जनाको मृत्यु

  • 975
    SHARES

  • कुलोमा डुबेर रुपन्देहीमा एक जनाको मृत्यु

    बुटवल,फागुन २३ ।

    रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–७ का ३० वर्षीय गणेश थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताउनुभयो ।

    सोमबार विहान थारु आफ्नै घरदेखि १सय मिटर पूर्व तर्फ रहेको भलवारी कुलोमा डुबी मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुन साथ घटना स्थलमा प्रहरी पुगेको थियो ।

    थारुको शवलाई पोष्टमार्टन गरी परिवारलाई बुझाइसकेको प्रवक्ता अर्यालले बताउनुभयो  । मृतक थारुका एक श्रीमती र १ छोरा र १ छोरी रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology