Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बोक्सी बकाउने नाममा निर्मम शारीरिक यातनाबाट रुपन्देहीमा १४ वर्षीया बालिकाको मृत्यु

बोक्सी बकाउने नाममा निर्मम शारीरिक यातनाबाट रुपन्देहीमा १४ वर्षीया बालिकाको मृत्यु

  • 1.3K
    SHARES

  • बोक्सी बकाउने नाममा निर्मम शारीरिक यातनाबाट रुपन्देहीमा  १४ वर्षीया बालिकाको मृत्यु

    बुटवल,फागुन २३ ।

    रुपन्देहीको सैनामैना नगरपालिका १० फूलबारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  

    सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई मातासँग देखाउन भन्दै अभिभावकले सैनामैना १० बेम्टेनीकी २२ बर्षीया माता सोनिया रेश्मीकहाँ शनिवार साँझ लिएर गएका थिए । 

    माता भनिने सोनियाले धामी झाँक्री गरी बोक्सी बकाउने नाममा निर्मम शारीरिक यातना दिएकी थिइन । त्यसपछि उनको शनिबार करिब साढे ९ बजे मृत्यु भएको थियो । लगातार चार–पाँच दिनदेखि बिरामी परेकी सीताको मृत्यु शारीरिक यातनाले भएको स्थानीयको भनाइ छ ।  

    उनको अन्तिम संस्कार गरेपछि घटना सामसुम भएको थियो । आइतबार साँझ सो घटनाको भिडियो सार्वजनिक भएपछि सीतालाई निर्मम शारीरिक यातना दिएर मृत्यु भएको स्थानीयलाई थाहा भएको थियो ।  

    भिडियोमा माता भनिने सोनियाले सीतालाई लछारपछार गरेको, शरीरमा पानी खन्याएको, कपालमा समातेर घिसारेको, जबरजस्ती पानी खुवाएको लगायतका निर्मम तरिकाको यातना दिएको देखिन्छ । 

    इलाका प्रहरी कार्यालय सालझण्डीले घटनाको विषयमा जानकारी पाएपछि माता भनिने सोनिया रेश्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले मलामी गएका स्थानीय २३ जना गाउँलेलाई समेत नियन्त्रणमा लिएर सोमबार सोधपुछ गरेको छ ।  

    इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले माता भनिने सोनिया रेश्मीको शारीरिक यातनाबाटै बालिकको मृत्यु भएको देखिएको बताउँदै माता भनिने सोनियालाई हिरासतमा राखेर जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology