Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

प्रथम दोभान फाईभ ए साईड फुटबलको उपाधी न्यु युथलाई,एमएफसी बन्यो उपविजेता

प्रथम दोभान फाईभ ए साईड फुटबलको उपाधी न्यु युथलाई,एमएफसी बन्यो उपविजेता

  • 3.5K
    SHARES

  • प्रथम दोभान फाईभ ए साईड फुटबलको उपाधी न्यु युथलाई,एमएफसी बन्यो उपविजेता

    बुटवल,फागुन २१ ।

    पाल्पाको दोभान गाउँपालिकामा सम्पन्न प्रथम दोभान फाईभ ए साईड फुटबल प्रतियोगिताको उपाधि न्यु युथ युनियन तानसेनले जितेको छ ।

    दोभान फुटबल मैदानमा शनिबार भएको प्रतिस्प्रर्धात्मक फाईनल खेलमा मर्निङ फुटसल क्लब (एमएफसी) लाई १–० गोल अन्तरले पराजित गर्दै न्यु युथ युनियन तानसेनले उपाधि चुमेको हो ।

    उपाधिसंगै युनियनले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेतामा एमएफसी नगद १२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा एमएफसीका गोलकिपर अभिनव सेन्चुरी उत्कृष्ट किपर तथा युनियनका सुस्मित केसी उत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।

    एक समारोहका बीच तिनाउ गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेश श्रेष्ठ, क्लबका अध्यक्ष सन्दिप शेरचन, संयोजक सुनिल श्रेष्ठले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

    फागुन १९ देखि ३ दिनसम्म चलेको प्रतियोगितामा रुपन्देही, पाल्पाका २८ टिमले प्रतिष्पर्धा गरेका थिए । runner.jpg

    युवाहरुले देश विदेशमा रहेका ब्यक्तिहरुसंग सहयोग उठाएर खेलकुद खेलाउदा पनि स्थानीय सरकारले भने कुनै प्रकारको सहयोग नगरेको खेलाडीहरूको गुनासाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology