Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनएमबि बैँक र युनाइटेड हस्पिटलबिच सम्झौता,उपचारमा छुट हुने

एनएमबि बैँक र युनाइटेड हस्पिटलबिच सम्झौता,उपचारमा छुट हुने

  • 1.3K
    SHARES

  • एनएमबि बैँक र युनाइटेड हस्पिटलबिच सम्झौता,उपचारमा छुट हुने

    कपिलवस्तु,फागुन २० ।

    एनएमबि बैँक र युनाइटेड हस्पिटलबिच सम्झौता भएको छ । अब बैंकका ग्राहक र कर्मचारीले कपिलवस्तुको युनाइटेड नेशनल हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् ।बैंकले युनाइटेड हस्पिटल सँग विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने गरि सम्झौता गरेको छ । अस्पतालमा आधुनिक प्रविधि, उपकरण तथा अनुभवी डाक्टरबाट विभिन्न खाले रोगका उपचार हुने गरेका छन् ।

    सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको उपलब्ध सेवासुविधा विभिन्न प्रकारका परिक्षण शुल्कमा १० प्रतिशत एवम् औसधिहरूको खरिदमा ५ प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।

    एनएमबि बैंकका ग्राहकले डिजिटल च्यानल मार्फत अस्पतालको बिल रकम भुक्तानी गर्दा उक्त छुट रकम प्राप्त गर्ने छन् ।सम्झौता पत्रमा एनएमबी बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमूख नवीन बिष्ट र युनाइटेड नेशनल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक सून्दर आचार्यले हस्ताक्षर गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology