Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्ववियु निर्वाचनका लागि क्याम्पसहरुमा विद्यार्थी सङ्गठन दर्ता

स्ववियु निर्वाचनका लागि क्याम्पसहरुमा विद्यार्थी सङ्गठन दर्ता

  • 1.2K
    SHARES

  • स्ववियु निर्वाचनका लागि  क्याम्पसहरुमा विद्यार्थी सङ्गठन दर्ता

    बुटवल,फागुन १९ ।

    त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराइरहेका रहेका छन् । 

    बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताउनुभयो । 

    यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । 

    स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।  

     स्ववियु  निर्वाचनमा सहकार्य :

    नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र)को अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबीच स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ। 

    अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका महासचिव आरती लामाबीच सहमति भएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले जानकारी दिनुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology