Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

चलचित्र पत्रकार संघ नेपालमा नयाँ नेतृत्व,अध्यक्ष बने बलामी

चलचित्र पत्रकार संघ नेपालमा नयाँ नेतृत्व,अध्यक्ष बने बलामी

  • 966
    SHARES

  • चलचित्र पत्रकार संघ नेपालमा नयाँ नेतृत्व,अध्यक्ष बने बलामी

    बुटवल,फागुन १९ ।

    चलचित्र पत्रकार संघ नेपालको काठमाडौँमा सम्पन्न २३ औ साधारण सभा तथा नवौ अधिबेशनले समिर बलामीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

    जसको कार्यक्रमतर्फको उपाध्यक्षमा कुबेर गिरी,संगठनतर्फको उपाध्यक्षमा विजय आवाज सुवेदी,उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई , महासचिवमा रघुनाथ सापकोटा , खुला सचिव नवीन गिरी,समावेशी सचिव उद्धव रसाइली,कोषाध्यक्षमा मनिष कार्की ,सह कोषाध्यक्षमा मनिष अन्जान दाहाल,त्यस्तै समावेशी सदस्यतर्फ महमद जलिम ,महिला सदस्यतर्फ सुष्मा श्री कार्की र सदस्यहरुमा  कृष्ण पाण्डे,अनुप भट्टराई,निशा बजगाई,अर्जुन गुरागाई,सिपी जैसी र सुरेन्द्र थापा निर्वाचित भएका हुन्। देशभरका ८ वटा जिल्ला शाखा र केन्द्रिय समितिका १६७ जनाको मताधिकार भएको सो समितिका लागि बिहानै बाट निर्वाचनमा सहभागी हुन पत्रकारहरुको रस्साकस्सी थियो। 

    निबर्तमान अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिति नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष  बिपुल पोख्रेल, पुर्व अध्यक्षहरु बिदुर गिरी, शान्ति प्रिय, सन्दिप सापकोटा,चलचित्र संघका प्रदिप उदय लगायतको सहभागिता रहेको थियो। अध्यक्षका लागि प्रतिस्प्रधामा उत्रिएका राजन घिमिरेलाई १७ मतको अन्तरले पछि पार्दै समिर बलामी बिजयी भएका हुन्।

    बलामीले निर्वाचित भएलगत्तै सपथ पछि बोल्दै चलचित्र पत्रकारको हक हितका लागि सहकार्य गर्दै अघि बढ्ने र सबै चलचित्र पत्रकारको समस्यालाई आफ्नै समस्या ठानी यो ३ बर्षीय कार्यकाल स्वर्णिम बनाउन पहल गर्ने बताएका छन्।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology