बुटवल,फागुन १८ ।
पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको आज दोस्रो दिन । सैनामैना व्यापार संघको आयोजनामा जारी महोत्सवमा आज दर्शक श्रोताको सन्तोषजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
मेलामा दर्शकको सन्तोषजनक सहभागिता रहेको संघका कार्यबाहक अध्यक्ष एवम् मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो । उहाँले महोत्सवमा स्थानिय उत्पादन र कृषिलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।
यसैगरी मेलाको तेस्रो दिन भोली –शुक्रबार दर्शकको संख्या बढ्ने महोत्सवका प्रचार प्रसार संयोजक गोबिन्द पोखरेलले बताउनुभयो । तेस्रो दिन चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटीसहितका कलाकारहरुको बेजोड प्रस्तुति रहने साँस्कृतिक उपसमितिका संयोजक चाम बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने मेलामा शुक्रबार नै लोक तथा दोहोरी गायिका सपना गाहा, गायक मधु परियार एवम् स्थानीय कलाकारहरुले समेत दर्शक श्रोतालाई छमछमी नचाउनेछन् । साथमा सैनामैना डान्सिङ्ग आईडल समेत हुने व्यापार संघले जनाएको छ ।
महोत्सव अन्र्तगत बिहीबार डान्सिङ्ग आइडलमा १० जना प्रतिस्पर्धिले आफ्नो प्रस्तुति दिएको र शुक्रबारदेखि भोटिङका आधारमा १-१ जना प्रतिसपर्धी बाहिरिने अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वन ( रामु ) ले जानकारी दिनुभयो ।
“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सञ्चालित मेलामा बिहीबार बेहुला बनाउँछु भन्थी बहुला बनाएर गईसहित दर्जनौ चर्चित गीतका गायककार रमेशराज भट्टराई, लोक तथा दोहोरी गायिका आशा बि.सी, गायकद्धय गोकुल न्यौपाने र राजेश भण्डारीको प्रस्तुति अहिले चलिरहेको छ । सैनामैना २ कालिकाचोकमा मधुरिमा ग्लोबल पार्टी प्यालेस नजिकै महोत्सव जारी छ ।
सैनामैनामा शुक्रबार पशुपति शर्मा, डल्लाकोटीसहितका कलाकारहरुको प्रस्तुति रहने :
पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा शुक्रबार अर्थात् तेस्रो दिन चर्चित चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटीसहितका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने मेलामा शुक्रबार नै लोक तथा दोहोरी गायिका सपना गाहा, गायक मधु परियार एवम् स्थानीय कलाकारहरुले समेत दर्शक श्रोतालाई छमछमी नचाउनेछन् । साथमा सैनामैना डान्सिङ्ग आईडल समेत हुने व्यापार संघले जनाएको छ । रु
“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा सैनामैना महोत्सव जारी छ । मेला फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)