Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल निर्माण शुभारम्भ

अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल निर्माण शुभारम्भ

  • 1.5K
    SHARES

  • अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल निर्माण शुभारम्भ

    बुटवल, फागुन १८ ।

    बुटवलको अभियान पथमा नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु भएको छ । अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल निर्माणको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गर्नुभयो । 
    शिलान्यास पछि बोल्दै प्रमुख पाण्डेयले लामो समयदेखि रोकिएको पर्खाल निर्माणको काम शुरु भएको र छिटै नै सडक विस्तारको काम शुरु हुने बताउनुभयो ।

    उहाँले सडक विस्तारको कामका लागि डीपीआर भइसकेको र छिटै टेण्डर आह्वान गरी निर्माणको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । ‘यो पर्खाल बनेपछि नेपाली सेना र नेपाल प्रहरीतर्फको क्षेत्र छुट्टिनेछ, त्यसपछि सडक निर्माणले यो क्षेत्रलाई मुख्य सडकको वैकल्पिक सडकका रुपमा स्थापित हुनेछ, उहाँले भन्नुभयो-बुटवलको यो क्षेत्रका लागि यो सडक महत्वपूणर् सडक हुनेछ ।’ 

    मध्यपश्चिम पृतना पृतनापति यमप्रसाद ढकाल, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र समादेशक विनोद घिमिरेले पर्खाल र सडक निर्माणले स्थानीयलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । sadak.jpg
    ४ करोड १० लाख ७६ हजारमा ठेक्का भएको पर्खाल निर्माणको काम ३ महिनाभित्र पूरा गर्ने प्रतिबद्धता निर्माण पक्षले जनाएको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताउनुभयो ।

    कार्यक्रममा वडाध्यक्ष बलबहादुर पुन, वडा सदस्य यमुना काउचाले बोल्दै वडा नम्बर १० का लागि सडक र पर्खालले थप सुन्दरता ल्याउने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology