Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनएमबि बैंकद्वारा सुनवलको देवकोटा माबिमा वित्तीय साक्षरता

एनएमबि बैंकद्वारा सुनवलको देवकोटा माबिमा वित्तीय साक्षरता

  • 1.1K
    SHARES

  • एनएमबि बैंकद्वारा सुनवलको देवकोटा माबिमा वित्तीय साक्षरता

    बुटवल,फागुन १७ ।

    एनएमबि बैंक लिमिटेड सुनवल नवलपरासीले वित्तीय साक्षरता कार्यक्रम  चलाएको छ । सुनवल नगरपालिकामा अवस्थित महाकवि देवकोटा मोडल माध्यमिक विद्यालयका शिक्षकरशिक्षिका एवं कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।

    एनएमबि बैंक लिमिटेड सुनवलका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गर्नुभएको थियो । उहाले बैंकको महत्त्व र दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैंकिङ्ग, पछिल्लो समयमा आइरहेका बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु , संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, भर्खरै शुरु गरिएको लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, एनएमबि बैंकले प्रदान गर्ने अन्य बैंकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गर्नुभएको थियो ।

    कार्यक्रममा महाकवि देवकोटा स्कुलका सप्राचार्य रुक्मांगद वस्यालले युवा विद्यार्थी एवं शिक्षकर प्राध्यापकहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा एनएमबि बैंकलाइ धन्यवाद दिँदै कार्यक्रमबाट समय सापेक्ष र ब्यवहारिक वित्त सम्बन्धी ज्ञान आफुहरुले सिकेको बताउनुभएको थियो ।

    एनएमबि बैंकले २०१७,२०१८, २०१९, २०२१ मा गरि ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक एशिया महादेश भित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो । कार्यक्रममा बैंकका कर्मचारी दिनेश वस्याल, कृष्ण पाण्डे  लगायतको उपस्थिति रहेको थियो ।bank.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology