Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

अहिलेको पढाउने तरिकाले काम गर्नै छाड्यो,अब बदलाैँ : शिक्षाविद् प्रा.डा.कोइराला

अहिलेको पढाउने तरिकाले काम गर्नै छाड्यो,अब बदलाैँ : शिक्षाविद् प्रा.डा.कोइराला

  • 1.0K
    SHARES

  • अहिलेको पढाउने तरिकाले काम गर्नै छाड्यो,अब बदलाैँ :  शिक्षाविद् प्रा.डा.कोइराला

    बुटवल, फागुन १७ ।

    शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षकहरुले अहिले पठन पाठकको तरिका शिक्षामा काम नगर्ने अवस्थामा पुगेको बताएका छन् ।अब विद्यार्थीले किताबमा उत्तर खोजेर नभई अनुसन्धान र प्रकृतिसँग जोडन चिन्तन गर्ने गरी शिकाई आवश्यक रहेको जोड दिए ।

    एनसिआई नेपालले बुधबार बुटवलमा आयोजना गरेको प्रदेशमा नयाँ सरकारः शिक्षालाई प्राथामिकता कति भन्ने छलफल कार्यक्रममा बोल्दै कोइरालाले सिद्धान्त र व्यवहार मिलाउन सकेमा मात्र गुणस्तरीय शिक्षा हुने बताए ।

    ‘अबको विद्यार्थी अन्तर पुस्ताको ज्ञान सिकेको हुनुपर्छ’ कोइरालाले भने, ‘जो प्रश्न गर्न र आफै अनुसन्धानमा लाग्छ त्यहीँ, विद्यार्थी अब्बल हुन्छ । प्रश्न सोध्दा शिक्षक र अभिभावकले झर्को मान्नु हुँदैन ।’

    उनले शिक्षामा आर्थिक क्षमता भएकासँग शुल्क लिने र नहुनेसँग लिन नहुने नीतिका साथ अगाडि बढनुपर्ने बताए । युरोप, अमेरिकामा पनि हुनेसँग शुल्क लिन्छन नहुनेसँग लिँदैनन । यहाँ पनि शुल्क नभई करको रुपमा क्षमता भएका अभिभावकबाट शुल्क लिएर अगाडि बढनुपर्छ ।’

    सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले आवश्यकताका आधारमा शिक्षामा काम गर्ने गरी अगाडि बढेको बताए । उनले शिक्षालाई आफूले सधै प्राथामिकतामा राखेको बताए ।

    एनसिई नेपालका महासचिव सुदर्शन सिग्देलले आफूहरुले शिक्षामा देखिएका नीतिगत कमजोरीलाई औलाउँदै सरकारले सुझाव दिँदै आएको बताए । उनले शिक्षामा तीन तहका सरकारले बजेट कम विनियोजन गर्ने गरेको बताउँदै यसलाई वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए । साे अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन,शिक्षा पत्रकारका अध्यक्ष कृष्ण मल्ल ,हरि अधिकारी,पत्रकार रिमा बिसी लगायतले बाेलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology