Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हामी सरकारबाट बाहिरिँदैनौं : सिके राउत

हामी सरकारबाट बाहिरिँदैनौं : सिके राउत

  • 1.1K
    SHARES

  • हामी सरकारबाट बाहिरिँदैनौं :  सिके राउत

    काठमाडौं, फागुन १७ ।

    जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले आफुहरू सरकारबाट नबाहिरिने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन्। 

    अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए।

    ‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस्। सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको।अरू पार्टीहरू त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन,कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो,’ उनले भने, ‘जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन। त्यही भएर जनमत सरकारमा यथावत छ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology