Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवजीवन सहकारीको २०औँ स्थापना दिवसमा रक्तदान र सरसफाइ

नवजीवन सहकारीको २०औँ स्थापना दिवसमा रक्तदान र सरसफाइ

  • 1.2K
    SHARES

  • नवजीवन सहकारीको २०औँ स्थापना दिवसमा रक्तदान र सरसफाइ

    बुटवल,फागुन १६ ।

    नव जीवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ स्थापना दिवसको अवसर पारी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रम नव जीवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमा शाखा रूपन्देहीको संयुुक्त आयोजनामा सम्पन्न भएको हो ।

    सहकारीको स्थापना दिवसको अवसर पारी टोल सरसफाइ कार्यक्रम पनि भएको हो । उक्त कार्यक्रममा ४१ प्वाइन्ट रगत संकलन भएको नेपाल स्वयमसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाकी सचिव अन्जु पौडेलले जानकारी गराइन् । कार्यक्रमको संम्योजन सहकारिका शिक्षा शाखा समिति का सम्योजक गोविन्द भुषालले गरेका थिए ।

    नारायण पाठकको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य सहकारिका उपाध्यक्ष मित्र बन्धु पाठकले गरेका थिए भने कार्यक्रम सञ्चालन सहकारीका व्यवस्थापक विमल पाठकले गरेका थिए ।blood.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology