Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘ बुटवल उपमहानगर अपाङ्गता भएका व्याक्तिहरुको हितमा काम गर्छ ’ : खेलराज पाण्डेय

‘ बुटवल उपमहानगर अपाङ्गता भएका व्याक्तिहरुको हितमा काम गर्छ ’ : खेलराज पाण्डेय

  • 1.5K
    SHARES

  • ‘ बुटवल उपमहानगर अपाङ्गता भएका व्याक्तिहरुको हितमा काम गर्छ ’ : खेलराज पाण्डेय

    बुटवल,फागुन १५ ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अपाङ्गता भएका समुदायको हितको लागि नगरपालिका जहिले पनि तयार रहेको बताएकाछन् ।

    उनले बुटवलउपमहानगरपालिकाको नयाँ बनेको भवन अपाङ्गता मैत्री नभएको भन्ने गुनासो समेत आएको भन्दै त्यसलाई केही परिमार्जन गरी सहज रुपमा अपाङ्गता भएका व्याक्तिहरु जान मिल्ने प्रकृतिको बनाउने समेत  प्रतिवद्धता जनाए । उनले लिफ्ट जडान गरिएको कारण तल्लो  भुई तलाबाट जान मिल्ने गरी परिकल्पना गरी डिजाईन गरिएको आफुले जानकारी पाए पनि त्यहा पार्कीङ्गको कारण सहज रुपमा ह्वीलचियर प्रयोगकर्ता सहित दृष्टिविहिन व्याक्तिहरु समेत जाने अवस्था नभएको कारण त्यसलाई परिमार्जन गरिने समेत बताएका हुन ।

     सिआईएल काठमाण्डौको आयोजना र अपाङ्गता महिला संघ बुटवलको संमन्वय र अष्ट्रोलियन भोलिन्टर्सको आर्थिक सहयोगमा बुटवलमा भएको‘ स्थानीय तहका जनप्रतिनिधिहरुसंग स्थानीय तहमा अपाङ्गता  समावेशी विकास’ विषयक अभिमुखिकरण तथा छलफल कार्यक्रममा बोल्दै नगर  प्रमुख पाण्डेयले अपाङ्गता भएका व्याक्तिहरुका समस्या समाधानको लागि आफुले जहिले पनि तयार रहेको बताए ।

    उनले भने–‘आउनुहोस्, हामी छलफल गरे, संवाददबाट के कस्ता समस्या रहेछन्, ति समास्या समाधानका उपायहरुको विषयमा छलफल गरौ, त्यहाँबाट निस्कर्ष निस्कन्छ ।’

    बुटवल उपमहानगरपालिका का प्रवक्ता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष शिव रानाले अपाङ्गताको समस्या समाधानको  लागि नगरपालिका वडा स्तरबाट जहिले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष बल बहादुर पुनले अपाङ्गताको क्षेत्रमा विनियोजित बजेट सहज रुपमा सम्बन्धीत प्राप्तीको  लागि पहल गर्ने बताएका थिए ।  कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रममा अष्ट्रोलियन भोलिन्टर्सका प्रोग्राम म्यानेजर राजेन्द्र खड्का, सिआईएल काठमाण्डाका महासचिव गणेश केसी, जमुना सुवेदी लगायतले अपाङ्गता अधिकार, वर्गिकरण स्थानीय तहले गर्नुपर्ने कार्यको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
    अपाङ्गता महिला संघ रुपन्देहीका  अध्यक्ष कल्पना ढकाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य सावित्रा घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology