Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने एमालेको निर्णय

‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने एमालेको निर्णय

  • 1.2K
    SHARES

  • ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने एमालेको निर्णय

    काठमाडौं,फागुन १५ ।

    नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने र प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।

    राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेको एमालेको भनाइ छ। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि निर्णय भएको छ,’ उनले भने। 

    प्रधानमन्त्री प्रचण्डले आइतबार मात्रै  परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रद्द गरिदिएका थिए।प्रधानमन्त्रीले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेजस्ता अभिव्यक्ति दिएकाले पनि यस्तो निर्णयमा पार्टी पुगेको पौडेलले बताए।

    उनले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुनेसमेत बताए।नेता पौडेलका अनुसार सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रदेशबारे भने एमालेले अहिले कुनै निर्णय नगरेको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology