Logo बुधवार, श्रावण १३ गते २०८३
images

मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ :सभामुख तुलाराम घर्ती

मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ :सभामुख तुलाराम घर्ती

  • 1.6K
    SHARES

  • मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ :सभामुख तुलाराम घर्ती

    बुटवल,फागुन १५ ।

    आज ४१ औं मगर स्थापना दिवस । मगर स्थापना दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्विनी प्रदेश तथा देश–विदेशमा रहनु भएका सम्पुर्ण मगर समुदाय एवं गैर मगर समुदायमा शुभकामना व्यक्त गर्नु भएको छ  ।  
    सोमवार शुभकामना सन्देश जारी गुर्नहुदै सभामुख घर्तीमगरले समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको उल्लेख गर्नु भएको छ । विभिन्न जातजाती भाषा भाषी भएको सुन्दर मुलुक नेपालमा अझै सुन्दरता थप्न यो समुदायको विशेष भूमिका रहेको उहाले उल्लेख गर्नु भएको छ ।  

    ‘नेपाल बहुभाषीक बहुजातीय र बहुसांस्कृतिक विविधता भएको सुन्दर मुलुक हो । यहां विभिन्न जातजातिको आफ्नै भाषा, संस्कृति र मौलिक पहिचान छ । मगर समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।‘ शुभकामना सन्देशमा उल्लेख छ ।

    मगर जातिको विशेषता भनेको सोझो, मेहनती इमान्दारी, देशभक्त, कर्मठ र विश्वासीलो रहेको यो विशेषतालाई कायम राख्न र संस्कृतीको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको उहांले उल्लेख गर्नुभएको छ । सभामुख घर्ती मगरले नयां पुस्तालाई आफ्नो मौलिक पहिचान र सांस्कृतीक पहिचानहरुलाई प्रवद्र्धन र संरक्षण गर्न समेत अपिल गर्नु भएको छ ।  

    उहांले विश्वभर छरिएर रहेका मगर समुदायको आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ र सबै मगर समुदायलाई एकताको मालामा गांस्ने दिनको रुपमा मगर दिवसलाई मनाउनु पर्ने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology