Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रक्सीको विज्ञापनमाथि प्रतिबन्ध लगाउने सर्वोच्च अदालतको आदेश

रक्सीको विज्ञापनमाथि प्रतिबन्ध लगाउने सर्वोच्च अदालतको आदेश

  • 1.1K
    SHARES

  • रक्सीको विज्ञापनमाथि प्रतिबन्ध लगाउने सर्वोच्च अदालतको आदेश

    काठमाडौं, फागुन १५।

    सर्वोच्च अदालतले रक्सीको विज्ञापनमाथि प्रतिबन्ध लगाउने गरी आदेश दिएको छ।

    न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले फागुन ११ गते दिएको आदेशमा सञ्चारमाध्यममा मादकपदार्थको विज्ञापन गर्न नपाइने कानुन भएकाले उक्त कानुनअनुसार सञ्चारमाध्यममा विज्ञापन गर्न नदिने आदेश दिएको हो। सञ्चारमाध्यममा रक्सीको विज्ञापन गर्न नहुने भन्दै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णु तिमिल्सिनाले सर्वोच्चमा रिट दायर गरेका थिए।

    उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुवेदीले दिएको आदेशमा भनिएको छ- मादक पदार्थको विज्ञापन सामग्री उत्पादन वितरण तथा प्रचार प्रसार गर्न नहुनेसम्बन्धी कानुनी व्यवस्थाको जिम्मेवारीपूर्ण ढंगले कार्यान्वयन गर्नू गराउनू, कुनै पनि सञ्चारमाध्यममा यस्तो सामग्री प्रचार प्रसार नगर्न नगराउनू, गर्न नदिनू।

    सर्वोच्चले यो आदेशअनुसार कानुन कार्यान्वयन भए-नभएको अध्ययन गर्न र दुई महिनाभित्र कार्यप्रगति प्रतिवदेन अदालतमा पेस गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, विज्ञापन बोर्ड र प्रेस काउन्सिललाई आदेश दिएको छ। प्रधानमन्त्री कार्यालयले सचिवको नेतृत्वमा सरोकारवालाहरूलाई पनि राखेर अनुगमन समिति बनाउन सर्वोच्चले भनेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology