बुटवल,फागुन १४ ।
बुटवलका ब्यबसायी रामकुमार रणपालले बुटवल २ मा रहेको सिद्धबाबा शिवकुमारी सैँजु पाकापुस्ता बृद्धाश्रममा सहयोग गरेका छन् ।
उनले आश्रममा रहेका आमाबुबालाइ आार्थिक सहयोगका साथै भोजन समेत गराएका हुन् । ७० बर्ष प्रवेशका अवसरमा आश्रमका ७ जना बुबाआमालाइ फलफूल बितरण साथै खाना खुवाएको फेमस टेलरका संचालक समेत रहेका ब्यबसायी रामकुमार रणपालले जानकारी दिनुभयो ।
सो अबसरमा लोकबहादुर नेपाली,आश्रमका ब्यबस्थापक कृष्ण रेश्मी लगायतले बोल्दै ब्यबसायी रणपालले गरेको सकारात्मक सन्देश दिने कामको सिको अरु ब्याक्तिले जन्मदिन मनाउदा पनि सिक्नुपर्ने बताएका थिए ।
त्यसअघि गणेशथान मन्दिरमा धजा बाधेर पूजाआजा समेत गरिएको रणपालको भनाइ छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)