बुटवल,फागुन १३ ।
सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासंघ नेपालको लुम्बिनी प्रदेश अध्यक्षमा शरद भट्टराइ निर्बाचित भएका छन् । रुपन्देहीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनले २५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा सुर्य न्यौपाने,सचिवमा महेश न्यौपाने,कोषाध्यक्षमा युवराज पोखरेल सर्बसम्मत चयन भएका हुन् । समितिको सदस्यहरुमा पुरुषोत्तम बस्याल,नविनराज आचार्य,झबिन्द्र पाण्डे,कविता आचार्य,गोमा थापा,इन्द्रबहादुर खत्री,रतनबहादुर बुढा,दिवाकर घिमिरे,अन्जली केसी,मनोजकुमार बर्मा,भिमबहादुर खत्री,प्रेम पुन,राजु कार्की,कमला चन्द,जुना दमाइ ,बलदेब मल्ल,मोहनराज न्यौपाने,मोहनप्रसाद पन्थी चयन भएका छन् ।
नयाँ नेतृत्व चयनपछि बोल्दै अध्यक्ष शरद भट्टराइले सामुदायिक बिद्यालय र शिक्षाको गुणस्तर बृद्धि गरि शैक्षिक बिकासमा योगदान दिने प्रतिबद्धता जनाएका छन् ।
सो अबसरमासामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासंघका केन्द्रीय महासचिव गुणराज मुक्तानले शिक्षाको बिकासका लागि तीनै प्रकारका सरकारले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।
समितिमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लालाइ समेटिएको छ । यसैबिच समितिले क्षमता अभिबृद्धि कार्यक्रम समेत सम्पन्न गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)