बुटवल,फागुन १२ ।
नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष बिजयबहादुर स्वाँरले पछिल्लो समयमा यातायात व्यावसायीहरु संकटमा पर्दै गईरहेको बताउनु भएको छ ।
उहाँले यातायात व्यवसायीहरु संकटमा पर्दा सरकार र बैंक मुकदर्शक बनेको आरोप समेत लगाउनु भयो । गुल्मी यातयात प्रालि गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरिएको बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष स्वाँरले उक्त कुरा बताउनु भएको हो ।
स्वाँरले सरकारले सिण्डीकेटको नाममा यातयात क्षेत्र तहसनहस पारेका बेला कोभिडले यातयात क्षेत्र चौपट हुँदा सरकार र बैंकले सहजीकरणको सट्टा अप्ठ्यारोमा पारिरहेको आरोप लगाउनु भयो । उहाँले नेपालमा नीजि क्षेत्रले लगानी गरेका मात्र सवारी साधनमा चढ्ने स्थिती बनिरहेकाले सरकार भर्खर पछुताइरहेको बताउनु भयो ।
स्वाँरले प्राधिकरण मार्फत यातयात क्षेत्रका समस्या समाधानको योजना बनेकाले व्यवसायीहरुले पनि त्यसको निष्कर्ष र बिकल्प खोजिरहेको बताउनु भयो । नेपाल यातयात व्यावसायी राष्ट्रिय महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पनि सरकार र बैंकसँग आक्रोस पोख्नु भएको थियो । सरकारले प्रालि जन्माएर बेबारिसे छोडेको आरोप लगाउँदै सिटौलाले बैकले लगानी तीन पुस्ते खोजेर गर्ने तर व्याज आफै एक्लैले मनोमानी तरिकाले बढाएका कारण गरीवको छोरो बिलबुकमा गाडी मालिक बन्न नसकेको गुनासो गर्नु भयो ।
कार्यक्रममा प्रालिका अध्यक्ष रुपकलाल श्रेष्ठले संस्थाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । साधारण सभामा आर्थिक प्रतिवेदन सहितका विभिन्न बिषयमा छलफल गरेर नयाँ नेतृत्वको लागि निर्वाचनको प्रक्रिया अगाडी बढाईने गुल्मी यातयात प्रालिका महासचिव हिमाल कँुवरले जानकारी दिनु भएको छ ।
सहमतिकै आधारमा नेतृत्व चयन गरिने संस्थाका कोषाध्यक्ष ज्ञानहरि सापकोटाले बताउनु भयो । गुल्मी यातयात प्रालिको अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)