बुटवल,फागुन १० ।
सर्वोच्च अदालतका कायम मुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाल्पा स्थित सिद्धबाबाको मन्दिर दर्शन गरेका छन् । सिद्धपुरुष भर्तृहरिले यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेका थिए ।
मन्दिर बिकास समितिको निमन्त्रणमा कार्कीले मन्दिरमा पुगेर दर्शन गरेका हुन् । कार्कीलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार शेरचन, मुल पुरोहित नारायण प्रसाद घिमिरे, तिनाउ गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा र समितिका अन्य पधादिकारिले स्वागत गरे । साे अवसरमा कार्कीलाई मायाकाे चिनो प्रदान गरिएको थियो भने मन्दिरका मुल पुरोहितसहितकाे सातजनाले स्वस्ति बाचन र पुजा गराएको ताेया लम्सालले जानकारी दिए ।
केहिदिन अघि यही मन्दिरमा महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीले समेत दर्शन गरेकी थिइन् । पश्चिम नेपालकै पशुपतिका रुपमा परिचित सिद्धबाबा मन्दिर धार्मिक एवम पर्यटकिय गन्तव्य समेत हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)