Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

जनता भाषण भन्दा पनि काम खोजिरहेका  छन् : मन्त्री जुग्जाली 

जनता भाषण भन्दा पनि काम खोजिरहेका  छन् : मन्त्री जुग्जाली 

  • 2.3K
    SHARES

  • जनता भाषण भन्दा पनि काम खोजिरहेका  छन् : मन्त्री जुग्जाली 

    कौरव खत्री /बागलुङ,फागुन १० ।

    संस्कृति संरक्षण मञ्च गलकोट नगरपालिका ८ कांडेबास बागलुङको  २२औं बार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ ।
    हाम्रो संस्कृति हाम्रो गौरव भन्ने मुल नारा  सहित बार्षिकोत्सव  समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग पर्यटन  बन तथा बातावरण  मन्त्री माननीय रेशम बहादुर जुग्जालीले अहिले जनताहरूले प्रबचन भाषण भन्दा पनि छिटो काम खोजिरहेको बताउनुभयो ।

    साथै मन्त्री जुग्जालीले नेपालमा कला संस्कृतिलाई अर्थतन्त्रसग जोड्नु पर्ने भन्दै पोखरा आउने पर्यटकहरूलाई ढोरपाटन र घुम्टे लगायतका ठाउँहरूमा ल्याउनु पर्नेमा जोड दिनु भयो ।

    साथै सोही बार्षिकोत्सव  अवसरमा  गण्डकी प्रदेश सभा सदस्य जीत बहादुर शेरचनले संसारको भन्दा छुट्टै पहिचान हाम्रो देशमा अनेकौं मौलिकताहरू भएकोले यो नै सबैभन्दा ठुलो सम्पत्ति भनेको संस्कार  र संस्कृति,परम्परा भाषाभाषी र धर्म रहेको बताउनु भयो ।साथै  प्रदेश सभा सदस्य शेरचनले यस क्षेत्रको समस्या आफ्नो  समस्या भएको भन्दै आफुले सक्दो सहयोग प्रतिबद्धता  जनाउनु   भएको थियो ।त्यस्तै अवसरमा गलकोट नगरपालिका वडा न। २ का वडाअध्यक्ष हिम बहादुर भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

    त्यस्तै बार्षिकोत्सव गत ५ फागुन देखि शुरू भएको वार्षिकोत्सव कार्यक्रममा खुल्ला पुरूष फुटबल प्रतियोगिता तर्फ न्यू स्पोर्ट्स गलकोट नगरपालिका ११ बागलुङ समुह एले नगद रू८० हजार र कप मेडल र प्रमाणपत्र सहित प्रथम पुरस्कार हात पारेको छ । त्यस्तै संस्कृति संरक्षण मञ्च बागलुङ ह्वाइटले नगद रू५०हजार  कप मेडल र प्रमाणपत्र सहित द्वितीय  पुरस्कार हात पारेको छ ।
     त्यस्तै खुल्ला पुरूष भलिबल प्रतियोगिता तर्फ रूस्दी युवा क्लव हरिचौर बागलुङले नगद रू ५० हजार कप मेडल र प्रमाणपत्र सहित प्रथम पुरस्कार हात पारेको छ ।

    त्यस्तै  ट्रावल इनक्वारी काठमाडौले नगद रू३० हजार कप मेडल र प्रमाणपत्र सहित द्वितीय  पुरस्कार हात पारेको छ । 
    साथै खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ द कल्चरल डान्स एकेडेमी काडेबास बागलुङ प्रथम,रूस्दी युवा क्लव सिमलबोट बागलुङ  द्वितीय र रोट्याक्ट क्लव अफ गलकोटबागलुङ  तृतीय भएको छ । डान्स प्रतियोगितामा विजेता समुहहरूलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

    कार्यक्रममा  गलकोट नगरपालिका वडा न८ का वडा अध्यक्ष तेज प्रकाश सापकोटा,वडा न३ का पुर्व वडाअध्यक्ष वीरजङ्ग भण्डारी, मञ्चका बरिस्ठ सल्लाहकार रेशम बुढाथोकी लगायत जनप्रतिनिधि,समाजसेवी,खेलाडी,कलाकार,पत्रकार,समाजसेवी लगायतको सहभागीता रहेको थियो ।

    कार्यक्रममा चर्चित लोक दोहोरी कलाकार रेशम निर्दोष,ईश्वर सिंह, बिमता घर्ती, मगर,रमिला बुढामगर लगायत स्थानीय कलाकारहरू विजोड सास्कृतिक प्रस्तुती रहेको थियो ।game.jpg

    कार्यक्रम संस्कृति संरक्षण  मञ्चका अध्यक्ष पदम सलामीको अध्यक्षता तथा  मञ्चका सल्लाहकार तेजिन्द्र बहादुर बुढाथोकीको स्वागत मन्तव्यसगै शुरू भएको कार्यक्रमको सञ्चालन भने  मञ्चका सचिव सुरेन्द्र छन्त्याल र मञ्चका सदस्य मोतिकला थापा गर्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology