Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

फागुन १३ गतेदेखि बुटवल-पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने

फागुन १३ गतेदेखि बुटवल-पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने

  • 4.2K
    SHARES

  • फागुन १३ गतेदेखि बुटवल-पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने

    बुटवल,फागुन ९ ।

    सिद्धार्थ राजमार्ग अन्तरगतको पाल्पा बुटवल सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । फागुन १३ गतेदेखि १५ दिन दिउँसो र राति गरी दैनिक आठ घण्टा सडक बन्द हुने भएको हो ।

    सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काममध्ये रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्नका लागि राजमार्ग बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार वैकल्पिक सडकको व्यवस्थापन गरेर विहान ११ बजे देखि २ बजेसम्म र रातिको १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागीएको हो ।

    साना,हलुका र आकास्मिक सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरउन्नति गरेर मात्र राजमार्ग बन्दगरेर काम गर्न दिने निर्णय भएको छ ।

    सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ ।safe road.jpgSagarhawa _ meeting.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology