Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

इन्टलेक्यूअल एकेडेमीले मनायो १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

इन्टलेक्यूअल एकेडेमीले मनायो १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

  • 1.6K
    SHARES

  • इन्टलेक्यूअल एकेडेमीले मनायो १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    बुटवल,फागुन ८ । 

    बुटवल ११ मा रहेको इन्टलेक्यूअल स्कूलले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।  सो अवसरमा बोल्ने वक्ताहरुले परिवर्तित समयसँगै शिक्षा पनि परिवर्तन गर्दै लैजानु पर्ने बताए । 

    प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी नगर उपप्रमुख सावित्रादेवि अर्यालले स्कुलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह गरिन् । शिक्षाको विकास भए मात्र बुटवलको विकास हुने बताइन् ।

    विद्यालयका प्रबन्ध निदेशक रामराज पोखे्रलले शिक्षा विद्यार्थीलाई सटिफिकेट प्राप्त गर्नका लागि नभई जीवन उपयोगिसीपका रुपमा प्रयोग हुने गरि अध्यापन गराउन जरुरी भएको औल्याए ।

    वार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी हरुलाई सम्मान समेत गरेको थियो ।

    विद्यालयका अधयक्ष गोविन्द्र मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावकसंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन बुटवलका उपाध्यक्ष मित्रहरि आर्चाय, पत्रकारमहासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल भुवन सिंह विक लगायतले बोलेका थिए । 

    सो अबसरमा बिद्यार्थीहरुले नाँचगान,चेतनामूलक नाटक देखाएका थिए ।  भने विद्यार्थीहरुले  बनाएका बस्तुहरुको स्टल समेत प्रर्दशन गरिएको थियो ।

     

    intu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology