Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को अडिसन बुटवलमा हुँदै,१ करोड पुरस्कार

‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को अडिसन बुटवलमा हुँदै,१ करोड पुरस्कार

  • 1.0K
    SHARES

  • ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को अडिसन बुटवलमा हुँदै,१ करोड पुरस्कार

    बुटवल,फागुन ८ ।

    पहिलो नेपाली अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको बुटवल फिल्ड अडिसन बुधवार हुने भएको छ ।
    इन्ट्रनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिला नेपाली अन्तर्राष्ट्रिय रियालिटी सो ’मेरो भ्वाइस यूनिभर मेरो डान्स यूनिभर्सको फिल्ड अडिसनको हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै रियालिटी सो का निर्देशक एलिन श्रेष्ठले फिल्ड अडिसन नेपालको विभिन्न सहर सँगै इन्डियाको सिलिगुरीमा हुने बताउँदै बुटवलमा फागुन १० गते बुधवार हुने जानकारी दिए । उनका अनुसार नेपालगन्जमा फागुन ६ गते भैसकेको छ भने अब सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमान्डौमा फागुन २७२ २८ हुनेछ ।

    फिल्ड अडिसनमा कुनै शुल्क नलाग्ने बताउँदै उनले आफ्नो उमेर १८ वर्ष कटेको खुल्ने नेपाली कागजात लिएर बुधवार बुटवलको कान्ति स्कुलमा उपस्थिति हुने आग्रह गरे । उनका अनुसार फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौँ गएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् ।

    पत्रकार सम्मेलनमा बोल्दै इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका बोर्ड मेम्बर निस्क शर्माले ’मेरो भ्वाइस यूनिभर्स’ र मेरो डान्स यूनिभर्स दुबैका विजेतारुले नेपाली एक–एक करोड रुपियाँ पुरस्कार, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपियाँ पुरस्कार पाउने जानकारी दिए ।

    उनका अनुसार डान्स यूनिभर्स अन्तरगतको संस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् । ’मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पन प्रधान र साथै मेरो डान्स युनिभर्सको निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि।सी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने बुटवल अडिसन संयोजक शिव सुबेदीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology