Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पक्राउ परेका सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पक्राउ परेका सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • 1.0K
    SHARES

  • पक्राउ परेका सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं,फागुन ८  ।

    विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

    सोमबार बिहान साइबर अपराधको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रेग्मीलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए । थाइल्याण्डबाट फर्कंदै गरेको रेग्मीलाई महेशचन्द्र रेग्मीले दिएको उजुरीको आधारमा पक्राउ गरिएको थियो ।

    रेग्मीलाई विद्युतीय कारोबार ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । विद्युतीय स्वरुपमा रेग्मीले आफूलगायतको चरित्र हत्या गरेको भन्दै आचार्यले ब्युरोमा उजुरी दिएका थिए ।

    १३ पुस २०७७ मा ३५ जना संगीतकर्मीले पनि रेग्मीलाई सचेत बनाइदिन भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंलाई संयुक्त पत्र लेखेका थिए । जसमा गायक प्रमोद खरेलले नियमानुसार सिर्जनाहरु फिर्ता मागेकोबारे ध्यानाकर्षण गराउँदै रेग्मीले संगीतकर्मीहरुलाई गालीगलौज गरेकाले सचेत बनाइदिन आग्रह गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology