Logo बिहिवार, आश्विन १ गते २०८३
images

बभनी भू पु सैनिक आधारभूत विद्यालयको १६ औँ बार्षिकोत्सव

बभनी भू पु सैनिक आधारभूत विद्यालयको १६ औँ बार्षिकोत्सव

  • 1.1K
    SHARES

  • बभनी भू पु सैनिक आधारभूत विद्यालयको १६ औँ बार्षिकोत्सव

    तिलोत्तमा,फागुन ८ ।

    रुपन्देहीको तिलोत्तमा-१३ स्थित बभनी भू पु सैनिक आधारभूत विद्यालयको १६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर भण्डारीको अध्यक्षता र तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण ढकालको प्रमुख आतिथ्यमा भएको बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक मनोज केसीले विद्यालयको आर्थिक तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी  तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण ढकालले यस विद्यालयले विगतको तुलनामा राम्रो शैक्षिक गुणस्तर कायम गर्न सफल भएको भन्दै बिद्यालयको भौतिक तथा शैक्षिक बिकासका लागि वडा संग संगै नगरपालिकाको सहयोग सदैव रहने प्रतिवद्धता जाहेर गरेका छन् ।

    २०६३ सालमा चौतारी र सामान्य भौतिक संरचना सहित स्थापना गरेको सो विद्यालयले हाल १६ बर्षमा पाइला टेकेको प्रति प्रमुख अतिथिले प्रगतिको शुभकामना समेत दिएका थिए।

    सो अवसरमा विद्यालयलाई शुभकामना तथा प्रगतिको कामना सहित शैक्षिक गुणस्तर सुधार सहयोग समितिका संयोजक श्यामलाल खरेल,बभनी टोलका अध्यक्ष बिष्णु पराजुली, बुन्न कोटी सामुदायिक बन का अध्यक्ष लिल बहादुर क्षेत्री,सरस्वती आधारभूत बिद्यालयका प्रतिनिधि यम बहादुर खड्का, नमुना महिला आवासीय बिद्यालयका राधा पौडेल, बिमला चौधरी, बाल संजालका अध्यक्ष बिबेक खड्का, लगायतले बोलेका थिए ।कार्यक्रममा विद्यालयका उत्कृष्ट छात्रछात्रा,अभिभावक, तथा शिक्षक निर्मला चौधरीलाई विद्यालयले सम्मान तथा अभिनन्दन गरेको थियो ।

    कार्यक्रममा बिभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम दित्तीय र तृतीय हुने बिद्यार्थीहरुलाई मेडल सहित पुरस्कारहरुबाट पुरस्कृत गरिएको थियो । सो अवसरमा विविध भेषभुषा झल्कीने साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । विद्यालयका शिक्षक रुपा भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको संचालन प्रधानाध्यापक मनोज केसीले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology