Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘आराध्या’ : बाबुआमाले सन्तानलाई समय नै नदिएपछि...

‘आराध्या’ : बाबुआमाले सन्तानलाई समय नै नदिएपछि...

  • 1.9K
    SHARES

  • ‘आराध्या’ : बाबुआमाले सन्तानलाई समय नै नदिएपछि...

    बुटवल,फागुन ।

    सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । केही दिनअघि सार्वजनिक गरिएको यो फिल्मलाई सञ्चारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् ।

    बाबुआमाले आफ्नो छोरीको जन्मदिन र विद्यालयको वार्षिकोत्सवमा समेत समय दिन नसकेपछि छोरीले आफैले आफैलाई जन्मदिनको शुभकामना दिएको दृश्यले धेरैको मन चसक्क पार्छ । अभिभावकहरू पेशा ब्यवसायमा संलग्न भएको हरेक सहरिया परिवारको कथा सर्ट फिल्मले देखाएको र उनीहरूलाई सोच्न बाध्य पार्ने निर्देशक ज्ञवालीले बताए ।

    फिल्मको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन् ।सर्ट फिल्ममा अभिनेता आमिर गौतमले बुवाको र अभिनेत्री सुरबिना कार्कीले आमाको अभिनय गरेकी छन् भने बाल कलाकार द्रोस्टी शाहले छोरीको भुमिकामा खेलेकी छिन् ।

    व्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले बाबु आमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभावलाई पेश गरिएको छ ।

    त्यसैगरी सफु बुढाथोकी, नारायण कंडेल, प्रान्जल पौडेल, सृष्टि भुषाल लगायतका कलाकारको अभिनय पनि सर्ट फिल्ममा देख्न सकिन्छ । यसअघि यो फिल्मको गीत ‘मिठी पापा’ र टिजर सार्वजनिक भएका थिए । पत्रकार जीवन भण्डारीले लेखेको गीतमा बाल गायिका आरसी शाहको स्वर रहेको छ ।

    एक हप्ता भन्दा धेरै समय लगाएर काठमाडौं आसपासमा खिचिएको यो सर्ट फिल्म केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी गराउँदा नेपालमा सार्वजनिक गर्न ढिला भएको निर्देशक ज्ञवालीले जानकारी दिए । ‘आराध्या’लाई लिएर दर्शकहरुले दिएको सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको निर्देशक ज्ञवालीले बताए ।

    इन्जिनियर सन्जित कुमार शाहको लगानी, विशाल निरौलाको म्युजिक तथा एरेन्ज रहेको सर्ट फिल्म राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।फिल्मका प्रमुख सहायक निर्देशक बाबुराम निरौला हुन् भने युवराज घिमिरेले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

    फिल्मलाई नहकुल खड्काले सम्पादन र संकल्प भुजेलले खिचेका हुन् । सर्ट फिल्ममा निशा खनालको मेकअप, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, योगेशकाजीको ब्याकग्राउण्ड म्युजिक रहेको छ । निर्देशक ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायत झण्डै दर्जन सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology