बुटवल,फागुन ६ ।
तिलोत्तमा २ मा रहेको सिद्धेश्वर महादेब मन्दिरमा बिशेष पूजाअर्चना साथै अखण्ड भजनकृतन शुरु भएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी गरिएको सिद्धेश्वर महादेब मन्दिरका अध्यक्ष खिलबहालुर पौडेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।
आजको दिनमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
बिस २०५४ सालमा लक्ष्मण पौडेलले स्थापना गर्नुभएको सिद्धेश्वर महादेब मन्दिर २ कठ्ठा क्षेत्रफलमा फैलिएको छ भने मन्दिरमा २ जना पण्डितबाट दैनिक पुजाआजा हुनेगरेको छ । साथै हरेक एकादशी र सोमबार भजनकृतन हुनेगरेको सचिब प्रेम भुसालले बताए ।
सिद्धेश्वर महादेब मन्दिर पुनर्निर्माण गरि ब्यबस्थित गरिएको मन्दिर पुनर्निर्माण समिति अध्यक्ष लोकनाथ ज्ञवालीले बताए । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)