बुटवल ,फागुन ५ ।
तिलोत्तमा ३, शान्ति चोकमा फिटनेश हबले दोस्रो शाखा संचालनमा ल्याएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी नयाँ शाखाको उद्घाटन तयारी पुरा भएको संचालक लोकेस थापाले बताए । पहिलो शाखा बुटवल कालिकानगरमा ३ वर्ष पूरा भएसँगै दोस्रो शाखा आइतबारबाट शुभारम्भ हुने उनले बताए ।
नेत्र बहादुर थापाको नेतृत्वमा पहिलो शाखा कालिकानगरमा लोकेश थापा, विनोद थापा, पुरन कार्की मिलेर खोलेका थिए । करिब डेढ करोड लगानीमा ३ हजार ५ सय स्क्वायर फिट क्षेत्रफलमा पूर्वाधार तयार गरिएको लोकेश थापाको भनाइ छ ।
खेलप्रेमीहरु लोकेश थापा, विनोद थापा, नेत्र थापा, पुरन कार्की, विशाल थापा र आकाश शाह, सुनिल ज्ञवालीको टीमको लगानीमा रहेको छ ।
पहिलो शाखामा कार्डियो विशेष थियो भने नयाँ शाखामा जुम्बा क्लास स्पेशल रहेको हबका व्यवस्थापक पुरन कार्कीले बताए । रुपन्देहीका जीममा जुम्बा र कार्डियो मात्र गरिदै आएकोमा अहिले क्रसफिटका रुपमा नया भित्राएको उनले बताए । तालिम प्राप्त प्रशिक्षकहरु विशाल थापा, आकाश शाहले तालिम दिने उनले बताए ।
जीम हाउसको ७० जनाले एकैपटक एक्ससाइज गर्न सक्ने क्षमता रहेको छ । गृहिणी महिलासँगै कार्यालयको काममा व्यस्त हुनेहरुलाई लक्षित गरी थोरै समय निकालेर व्यायाम गर्न सके स्वस्थ्य बन्न सकिन भएकाले पनि यसमा आकर्षण बढ्दै गएको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)