Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

आज विश्वभर प्रणय दिवस मनाइँदै

आज विश्वभर प्रणय दिवस मनाइँदै

  • 1.0K
    SHARES

  • आज विश्वभर प्रणय दिवस मनाइँदै

     बुटवल,फागुन २ ।

    आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् ।

    युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक राताे गुलाबको फूल उपहार दिएर सुरु हुने यो दिवस उपहारसँगै प्रेम साटेर सकिन्छ । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो ।

    एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ ।

    नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ निकै लोकप्रिय बनेको छ ।भ्यालेन्टाइन्स डेलाई विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने बहानाका रुपमा लिने गर्दछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology