Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

खेलकूद परिषद् लुम्बिनीद्वारा सामाजिक बिकास मन्त्री गुप्तालाई स्वागत तथा सम्मान

खेलकूद परिषद् लुम्बिनीद्वारा सामाजिक बिकास मन्त्री गुप्तालाई स्वागत तथा सम्मान

  • 1.1K
    SHARES

  • खेलकूद परिषद् लुम्बिनीद्वारा सामाजिक बिकास मन्त्री गुप्तालाई स्वागत तथा सम्मान

    बुटवल,फागुन १ ।

    लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तालाई प्रदेश खेलकूद परिषद् लुम्बिनीले बुटवलमा स्वागत गरेको छ ।

    परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद पन्थ, महाशाखा प्रमुख मनोज गैरे, परिषदका सदस्यहरू, वड़ा अध्यक्ष यज्ञ पंगेनी, लाफा समूहका अध्यक्ष बबिन थापा लगायतले मन्त्री गुप्तालाई स्वागत गरे ।

    सो अवसरमा मन्त्री चन्द्रकेश गुप्ताले सबै मिलेर खेलकुदको बिकास गर्नुपर्ने बताउंदै खेलकुदसंग सम्बन्धित संघसंस्थासंग सहकार्य गरेर अघि बढ्ने बताए । उनले खेल क्षेत्रका वास्तविक समस्या आफूलाई जानकारी गराउन आग्रह गरे ।

    सदस्य सचिव भट्टराईले लुम्बिनी प्रदेश खेलकुद क्षेन्रमा अगाडि रहेको र खेल क्षेन्रले नै राष्ट्र विश्व सामु चिनाउने हुंदा खेलकुदमा सरकारले लगानी बढाउनुपर्ने र थप ब्यथित गर्दै लैजानुपर्ने बताए । सदस्य सचिव भट्टराईले प्रदेशका १२ वटै जिल्लामा जिल्ला खेलकुद बिकास समिति गठन भएको र हरेक जिल्लामा खेलकूदका गतिविधि भैरहेको बताए ।

    हालै सम्पन्न नवौं राष्ट्रीय खेलकूद प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीले १ सय ३२ वटा मेडल जित्न सफल भएको छ भने बिधागततर्फ ६८ वटा मेडल ल्याउन सफल भएको परिषदका सदस्य सचिव भट्टराईले बताए । सुदुर पश्चिम प्रदेशले आयोजना गरेको अन्तर प्रदेश फुटबल प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको भट्टराईले जानकारी गराए ।

    कार्यक्रममा बंगलादेशमा हालै सम्पन्न एशियन अन्डर २० महिला फुटबल खेलमा टिमलाई उप बिजेता बनाउन सफल भएको भन्दै नेपाल अन्डर २० महिला फुटबलका हेड कोच यम गुरूङलाई सम्मान गरिएको थियो । यस्तै स्ट्रेन्थ लिफ्टिंग प्रतियोगितामा बिजेता भएको भन्दै जिबन गिरीलाई समेत सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology