Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘यदु स्मृति पत्रकारिता’ पुरस्कार लक्की चौधरीलाई दिइने

‘यदु स्मृति पत्रकारिता’ पुरस्कार लक्की चौधरीलाई दिइने

  • 819
    SHARES

  • ‘यदु स्मृति पत्रकारिता’ पुरस्कार लक्की चौधरीलाई दिइने

    काठमाडाैँ,फागुन १ ।

    यस वर्षको ‘यदु स्मृति पत्रकारिता’ पुरस्कार गोरखापत्रका पत्रकार लोकबहादुर चौधरी (लक्की) लाई प्रदान गरिने भएको छ।  पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिए।

    २०५३ देखि कैलालीबाट पत्रकारितामा संलग्न चौधरीलाई कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकामा उच्च कदर गरी पुरस्कार दिने निर्णय गरिएको समितिका सदस्य सचिव खड्काले बताए।सिफारिस समितिको संयोजक सांसद सूर्य थापा, सदस्यमा तीर्था गौतम र सदस्य सचिवमा खड्का रहेका छन्।

    पुरस्कार यही फागुन २१ गते यदु स्मृति दिवसका अवसरमा २० हजार रुपैयाँसहित प्रदान गरिनेछ ।यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।

    तत्कालीन नेकपा एमाले रुकुमका सचिव रहेका यदु गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology