Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउमा जारी खेल महोत्सवमा विभिन्न प्रतियाेगिता सम्पन्न

तिनाउमा जारी खेल महोत्सवमा विभिन्न प्रतियाेगिता सम्पन्न

  • 1.6K
    SHARES

  • तिनाउमा जारी खेल महोत्सवमा विभिन्न प्रतियाेगिता सम्पन्न

    बुटवल,माघ २९ ।

    तिनाउ इङलिस बोर्डिङ स्कूलमा बुटवल ११ मा जारी खेल महोत्सवमा आजपनि विभिन्न प्रतियाेगिता सम्पन्न भएका छन् । 
    महोत्सवमा आज मन्टेश्वरी एल के.जी यु केजी र कक्षा १ सम्मका विद्यार्थीहरु लाई म्युजीकल स्टेचु, बल कलेक्सन, टफी बाईट, गणितीय दौड, तातो आलु जस्ता विभिन्न खेल विधामा खेलाइएको छ ।

    स्कूलका सह संयोजक अग्नीधर पोख्रेलका अनुसार मन्टेश्वरीलाई खेलाइएको टफी वाईटमा नविना के.सी प्रथम, आयुस पुन द्वितिय र रियाना बेलबासे तृतिय भएका छन् ।  सोही कक्षाबाट बल जम्मा गर्ने खेलमा सम्राट घिमिरे प्रथम, रियाना बेलवासे द्वितिय र रियाज बिक तृतिय भएका छन् । भने कलर खेलमा सोही कक्षाकी एन्द्र एन्ड्रीसा अर्याल प्रथम ए रचना पढाई द्वितिय र अध्ययन श्रेष्ठ तृतिय भएका छन्।

    आजै सम्पन्न नर्सरी तर्कको म्युजीकल स्टेचु खेलमा नर्सरी पिसका बिपिन थापा प्रथम सोही कक्षाका नविन विक द्वितीय र सरस्वती दास तृतिय भए। बल कलेक्सनमा भने नर्सरी फेर्थका ध्रुब सुनार प्रथम, पिसका अबेस चौधरी द्वितिय र पिसकै लुकसून तृतिय भए। सोही कक्षामा खेलाइएको इभित्र बाहिर खेलमा हॉप सेक्सनबाटै केनिया श्रेष्ठ प्रथम, सरना श्रेष्ठ द्वितीय र श्रीसब भण्डारी तृतिय भएका छन्। सोही कक्षाकालागि खेलाइएको टफी बाईट खेलमा फेथका ध्रुब सुनार प्रथम, उमङ्‌ग सुनार द्वितिय र अनुखी पौडेल जिसकी तृतिय भइन।

    तातो आलु खेलमा भने दिपसन खत्री फेथका प्रथम बृक्षा महत द्वितीय र लोटस्की गरीमा रोका तृतिय भईन। एल. के. जी. तोफ खेलाइएको म्युजीकल स्टेचुमा लोटसकी अनुजा श्रेष्ठ प्रथम ट्रस्टका सफल पोखाल द्वितिय र फेथकी सुयसा जि. आर. तृतिय भइन। बल कलेक्सन मा ट्रस्टका आकस गुरूङ प्रथम, फेथकी सिम्रन बिस्ट द्वितिय र पिएकी सचिन अर्थात तृतिय भए । भित्र बाहिर खेलमा भने फेथकी रिसिका बर्मा प्रथम होपका सोनिस थापा द्वितिय र ट्रस्टका हस टन्डन तृतिय भएका छन्।

    तातो आलु खेलमा भने अनुजा श्रेष्ठ, आदित कार्की र रिहान विस्टले क्रमश प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरे। युके जी तर्फ खेलाइएको खेलमा म्युजिकल स्टेचु खेलमा केली सिन्जाली प्रथम, सौरभ खड्‌का द्वितिय र बिन्दु गाहा तृतिय भईन । वल कलेक्सनमा रिवाज खनाल प्रथम, समिर पाण्डे द्वितिय र अनुज महत तृतिय भए । भित्र वाहिर खेलमा हार्दिक अर्थात प्रथम सुसन भट्टराई द्वितीय र समता थापा तृतिय भइन ।

    कक्षा १ तर्फको खेलमा गणितीय दौडमा सान्भी अर्याल प्रथम अर्नभ भुसाल द्वितीय र आर्यभ पौडेल तृतिय भएका छन् । तातो आलु खेलमा भने अर्नभ भुषाल प्रथम प्रवेश खनाल द्वितीय र सुबाना हक तृतिय भएकी छन् । साे अवसरमा प्राचार्य सिता पाण्डे, स्कूलका सह संयोजक अग्नीधर पोख्रेल, खेलकुद संयोजक वेद न्यौपाने लगायतले बाेलेका थिए ।

    खेलकुद कक्षा शिक्षक तथा लेवल इन्चार्जहरुको निगरानीमा चलिरहेको छ । भोलीदेखी प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका खेलकुदहरू हुने स्कूलका अध्यक्ष यज्ञमूर्ति पाण्डेले जानकारी दिनुभयो । प्रतियाेगिता फागुन ४ गतेसम्म चल्ने र पाँच गते पुरस्कार प्रदान गरिनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology