Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा दोस्रो नृत्य दिवस मनाइने,तीनदिने कार्यक्रम

लुम्बिनी प्रदेशमा दोस्रो नृत्य दिवस मनाइने,तीनदिने कार्यक्रम

  • 3.6K
    SHARES

  • लुम्बिनी प्रदेशमा दोस्रो नृत्य दिवस मनाइने,तीनदिने कार्यक्रम

    बुटवल,माघ २९ ।

    दोस्रो राष्ट्रिय नृत्य दिवस २०७९ लुम्बिनी प्रदेशमा विविध कार्यक्रम गरि मनाईने भएको छ । नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान नारासहित स्थापना भएको नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा फागुन ४ देखि ६ गतेसम्म ३ दिन बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा रक्तदान, जुमा नृत्य, सास्कृतिक नृत्य तथा सम्मान कार्यक्रम गरि मनाईने प्रदेशका उपाध्यक्ष सुन्दर गुरुङले बताए ।

    बुटवल उपमहानगरपालिका आदीबासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देही, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देही, चलचित्र पत्रकार संघ रुपन्देहीको सहयोग रहेको छ ।

    तीन दिनसम्म चल्ने कार्यक्रममा १३ लाख खर्च हुने अनुमान आयोजकको छ । कार्यक्रममा संघका सल्लाहकार मनिष पन्तले लामोसमयदेखिको तयारी गरि भब्य कार्यक्रम गर्न लागेको बताए । करिब ६ महिनाअघिबाट लुम्बिनी डान्स आईकनबाट तयारी शुरु गरेको उनले बताए ।

    प्रत्येक जिल्लाबाट १० जनाको टिम आवश्यक तयारीमा लागेर नृत्य प्रदर्शन गरिने उनले बताए । कार्यक्रमको मुख्य आकर्षकको रुपमा नेपालका नाट्य शिरोमणि भैरव बहादुर थापालाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

    कार्यक्रममा प्रदेश उपाध्यक्ष मिना बुढाथोकीले सास्कृतिक नृत्य संरक्षणमा अघि बढेको भएपनि सरकारबाट सहयोग नमिलेको दुखेसो गरे । नेपालका नृत्य शिरोमणि ९१ वर्षिय भैरव बहादुर थापाको जन्म दिवस फागुन ६ गतेलाई नेपालमा आधिकारिक नृत्य दिवसको घोषणा हुनुपर्ने माग सरकारमा राखेको बताईन ।

    कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मोहन न्यौपाने, संघका नगर सचिव माईकल दर्लामीले ब्यवसायिक कला क्षेत्रको विकासमा सरकारको भुमिका रहनुपर्ने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology