Logo बिहिवार, आश्विन १ गते २०८३
images

गार्गी एकेडेमीमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

गार्गी एकेडेमीमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

  • 1.6K
    SHARES

  • गार्गी एकेडेमीमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

    बुटवल,माघ २८ ।

    बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शनिबार गार्गी वृहत सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्ष तथा बुटवल उपमहानगरपालिका माध्यामिक शिक्षा शाखा प्रमुख टीकाराम पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

    सो अवसरमा बोल्दै पन्थीले रूपन्देहीका संस्थागत विद्यालयले शैक्षिक विकासमा ठूलो योगदान पु¥याएको बताए । उनले संस्थागत विद्यालयहरूको प्रतिष्पर्धाले गुणस्तरीय शिक्षा अब्बल हुँदै गएको बताए । विद्यालयका प्राचार्य भुवन अधिकारीले गुणस्तरीय शिक्षाका कारण संस्थागत विद्यालयमा अभिभावकहरूको रूचि बढदै गएको बताए ।

    संस्थागत विद्यालय नाफामूलक नभई सेवामूलक संस्थाको रूपमा विकास भएको प्राचार्य अधिकारीको भनाइ छ । 
    सो अवसरमा गत वर्षको शैक्षिकतर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान, शिक्षक सम्मान गरिएको थियो । 

    कार्यक्रममा विद्यालयका सञ्चालक जीवन अधिकारी, सल्लाहकार राजेन्द्र ढकाल, भरत पाठक, समाजसेवी मनोहर पाठक, भुवनसिंह विश्वकर्मा लगायतले बोलेका थिए । कार्यक्रममा परम्परा र संस्कृति झल्किने, एकल नृत्य, शिक्षिकाहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो ।

    विद्यालयका झण्डै २ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । प्राचार्य भुवन अधिकारीको स्वागत तथा शिक्षक नवराज न्यौपानेको सञ्चालनका कार्यक्रम भएको थियो ।gargi academy.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology