Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारले पायाे पूर्णता,आज सपथ

लुम्बिनी प्रदेश सरकारले पायाे पूर्णता,आज सपथ

  • 1.7K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारले पायाे पूर्णता,आज सपथ

    बुटवल,माघ २९ ।

    लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । शनिबार अबेर मन्त्रिपरिषद विस्तार भएको हो । मन्त्रीहरुको सपथ आज दिउसो १ बजे दाङमा हुने छ । 

    मुख्यमन्त्री लिला गिरीले सत्ता साझेदार ४ दलका ७ जना मन्त्रीलाई नियुक्त गर्नुका साथै मन्त्रीहरुको कार्य विभाजन गरेका हुन् ।पुस २७ गते विना विभागीय मन्त्री बनेका २ जना सहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको हो ।

    मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (९) अनुसार मन्त्रीहरुको नियुक्ति र कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले विज्ञप्तिमार्फत जनाएका छन् ।

    पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।कार्यविभाजन अनुसार माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिला मन्त्रालय,नेकपा एमालेका चेतनारायण आचार्य खानेपानी,ग्रामीण तथा शहरी विकास मन्त्रालय, माओवादी केन्द्रका इन्द्रजित थारु भैतिक पुर्वाधार विकास मन्त्रालय, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    यस्तै माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालय,एमालेका दुर्गाप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय,राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकी प्रसाद यादवलाई उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय,एमालेका तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    पुस २७ गते मुख्यमन्त्री नियुक्त भएसंगै एमालेबाट चेतनारायण आचार्य र माओवादीबाट कृष्णा केसी विना विभागीय मन्त्री बनेका थिए ।सरकारलाई समर्थन गरेको जसपा तत्काल सरकारमा नगएपनि पछि आउन सक्ने र उसलाई एउटा मन्त्रालय दिने गरी हाल उक्त मन्त्रालय एमालेले राखेको छ । नागरिक उन्मुक्ति पार्टी भने सरकारमा गएको छैन ।mantri list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology