Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पाल्पाको निस्दी गाउँपालिकामा बालमञ्च गठन

पाल्पाको निस्दी गाउँपालिकामा बालमञ्च गठन

  • 819
    SHARES

  • पाल्पाको निस्दी गाउँपालिकामा बालमञ्च गठन

    पाल्पा,माघ २८। 

    पाल्पाको निस्दी गाउँपालिकामा पालिकास्तरीय बालभेला तथा प्रथम अधिवेशनले जेनिसा सोती मगरको अध्यक्षतामा ११ सदस्यीय बालमञ्च गठन गरेको छ ।

    भेलाले उपाध्यक्षमा निलम ढकाल, सचिवमा नबिन बयम्बु, सहसचिवमा मनिषा जर्घा र कोषाध्यक्षमा निरुता फाललाई चयन गरेको छ ।नवगठित बाल मञ्चको सदस्यहरुमा हिमेश मश्राङ्गी मगर, शान्ति राई मगर, विष्णु नेपाली, रोशन नेपाली, नबिन्द्र सुनारी मगर र निशा सारु रहेका छन ।

    निस्दी गाउँपालिकालाई आगामी तीन वर्षभित्र बालमैत्री स्थानीय शासन लागु भएको पालिका घोषणा गर्ने तयारी अनुसार गाउँपालिकास्तरीय बाल भेला गठन गरेर काम अघि बढाएको छ । भेलामा लुम्बिनी प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठले बालबालिकाहरुको अधिकार संरक्षणमा अभिभावकहरुको भूमिका महत्त्वपूर्ण रहने बताउँदै बालमैत्री वातावरणको सिर्जना घरपरिवारबाट सुरुवात गर्नुपर्नेमा जोड दिए । राज्यका तीनै तहको सरकारबाट उपयुक्त योजना तथा कार्यक्रम मार्फत बालबालिकालाई सम्बोधन गर्नुपर्ने उनले बताए ।

    कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले रम्भामा यसअघि बालमैत्री कार्यक्रम सञ्चालनको अनुभव सुनाउँदै कार्यक्रम सफल तथा प्रभावकारी रहेको बताए । भेलामा निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले सबै क्षेत्रको सहयोगबाट नै कार्यक्रम सफलतामा पुग्ने बताए । प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले गाउँपालिकाले नीति तथा कार्यक्रममा व्यवस्था गरेर बजेटसमेत सम्बोधन गरेकाले आगामी वर्षमा सफलतातर्फ अघि बढेको बताए ।

    कांग्रेस महाधिवेशन प्रतिनिधि शालिकराम पाण्डेय, एमाले गाउँ कमिटि अध्यक्ष नरबहादुर सुनारी, माओवादी केन्द्रका रामप्रसाद खत्री, गाउँपालिका प्रवक्ता तथा अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी, गाउँपालिका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी अर्जुन खनाल, स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशा मगर, शिक्षा शाखा प्रमुख नरबहादुर थापा, राष्ट्रिय शिक्षक संगठनका लोक बहादुर सारु, शिक्षक संघका पदम बहादुर खाम्चाले सबै विद्यालय, टोल, समुदायमा बालमञ्च गठन गर्ने र सोही अनुसारको सचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।

    गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारी, पत्रकार माधव अर्याल लगायतले बालबालिकाहरुले अधिकारको आवाज उठाउदै गर्दा आफ्नो कर्तव्य भुल्न नहुने बताएका थिए । निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएका कार्यक्रमको सञ्चालन बाल कल्याण अधिकृत कुश्माखर पाण्डेले गरेका थिए ।

    निस्दीमा बालविवाह मुख्य समस्या र चुनौती बनेको बताउँदै गाउँपालिका अध्यक्ष सारुले पालिकाले प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरु ल्याउने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology