काैरव खत्री/ बागलुङ,माघ२७ ।
बागलुङ बडिगाड गाउँपालिका ५ ग्वालीचौर टारी स्थित भानु माध्यमिक विद्यालयकाे हिरक महाेत्सवकाे छैठौं दिन विविध कार्यक्रम सम्पन्न भएका छन् ।
हिरक महाेत्सवकाे छैठौं दिनलाई सम्वाेधन गर्दै प्रमुख अतिथि बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले राज्यले गर्नुपर्ने काम विद्यालयले गरेकाेप्रति धन्यवाद दिनुभएको छ । साथै उहाँले भानु माध्यमिक विद्यालालाइ आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पुर्णलाई आभार प्रकट गदै वडिगाड गाउपालिकाको एक शैक्षिक अभियानलाई नै सहयोग गरेको महशुस भएको उल्लेख गर्नुभयो ।
साथै उहाँले विद्यालयको चौतर्फी विकासको लागि बडिगाड गाउपालिका सदैव चिन्तनशिल रहेको बताउनुभयाे । त्यस्तै साेही अवसरमा बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन बनले अहिले भानु माध्यमिक विद्यालयको हिरक महोत्सवमा जसले जसरी सहयोग गर्नुभको छ उहाँको इतिहास अमर हुने भन्दै आफुहरु सरकारमा हुदा स्थानीय सरकारले गर्नुपर्ने काम स्थानीय समुदाय र चन्दादाताले गरेकोमा विद्यालयलाई सफलताको शुभकामना दिनुभएको थियो ।

“गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार”भन्ने मुल नारा सहित विद्यालयमा प्राविधिक शिक्षा,छात्राबासको सुविधा,निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन,विद्यालयमा बस सेवा सञ्चालन गर्ने उद्देश्य सहित विद्यालयमा गत माघ २२ देखी शुरू भएकाे हिरक महोत्सव भाेलि अर्थात शनिबारसम्म सञ्चालन हुने हिरक महाेत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।
हिरक महाेत्सवका अवसरमा विद्यालयलाई हालसम्म करिव २ कराेड,५० लाख चन्दा सहयोग भएकाे भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो ।
त्यस्तै महाेत्सवकाे आज छैठौं दिन पनि पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष,पुर्व शिक्षक अभिभावक संघ अध्यक्ष,पुर्व प्रधानाध्यापक,पुर्वी शिक्षक,अक्षयकोषदाता,चन्दादाता,विद्यालयका भवन निर्माण समिति,जग्गादाता सहित विद्यालयलाई ६१ हजार देखि १ लाख,५ हजारसम्म चन्दादाता सहयोग गर्नुहुने चन्दादाताहरूलाई दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएकाे थियो ।
साथै महाेत्सवका अवसरका बीच बीचमा माैलिक सास्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । साथै महाेत्सवका अवसरका बीच बीचमा माैलिक सास्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । हिरक महाेत्सव मुल समारोह समिति संयाेजक अर्जुन प्रसाद खरेलकाे अध्यक्षता विद्यालयका शिक्षक कृष्णप्रसाद भट्टराई, दिननाथ पाैडेल,शिवलाल घिमिरे र टिका पाइजाकाे सञ्चालन सम्पन्न भएकाे थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)