बुटवल,माघ २७ ।
रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधीका लागि जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई पराजित गर्दै उपाधि भिडन्तको यात्रा तय गरेको हो ।नवलपुरले ३–१ को सेटमा जित निकालेको हो ।
उसले २५–२३, २५–१८, १९–२५ र २५–१९ को अंकसहित जित दर्ता गर्न सफल भएको हो । यसैगरी शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले जिल्ला भलिबल संघ पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । उसले ३–० को सोझो सेटमा जित दर्ता गरेको हो ।
स्याङजाले पर्वतमाथि २५–२१, २५–१५ र २५–२० को अंकसहित जित निकाल्न सफल भएको हो ।प्रतियोगिताको फाइनल प्रतिस्पर्धा शनिबार हुने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जनकारी दिए । प्रतियोगिता अन्तरगत अन्तिम दिन शनिबार बिहान तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच विहान १० बजेदेखि हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।
यसैगरी फाइनल खेल दिउसो १ बजे हुने आयोजकले जनाएको छ ।तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा जारी प्रतियोगितामको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)