कौरव खत्री/गुल्मी,माघ २७ ।
बिरकाेट काडेबास सामाजिक क्लब युकेकाे पहलमा संकलन गरिएकाे सहयोग रकम मृगौला पिडितलाई हस्तान्तरण गरेको छ ।
गलकाेट नगरपालिका-११ रिघा अर्ले निवासी मृगौला पिडित दल बहादुर फाैजाली मगरको उपचारार्थका लागि देश तथा विदेशमा संकलन गरिएकाे रकम रू. २लाख,६४हजार,४ सय, ४५ रुपैया संकलित रकम गलकाेट समाज यूकेका सल्लाहकार दाेय विरजङ्ग भण्डारी र तेजिन्द्र बुढाथोकी,गलकाेट नगरपालिका ८ वडाअध्यक्ष रेमलाल सापकोटा लगायतकाे उपस्थितिमा मृगौला पिडित फाैजाली मगरलाई रकम हस्तान्तरण गरिएको बिरकाेट काडेबास सामाजिक क्लब युकेका अध्यक्ष तथा गलकाेट समाज यूकेका संरक्षक रेशम बुढाथोकीले जानकारी दिनुभयो ।
साथै मृगौला पिडितकाे उपचारका लागि सहयोग अभियान मार्फत बिरकाेट काडेवास सामाजिक क्लब यूकेकाे पहलमा नगद रू.९५ हजार,५ सय,१० रूपैयाँ ,गलकाेट समाज यूकेकाे पहलमा नगद रू.५१ हजार,३ सय,५० रूपैयाँ, अमेिरकाबाट समाजसेवी प्रेम कंडेलकाे पहलमा नगद रू.४३ हजार,क्यानडाबाट समाजसेवी लक्ष्मी एवम् सिता सापकोटाकाे पहलमा नगद रू.२३ हजार,हङकङमा समाजसेवी यम बहादुर बुढाथोकीकाे पहलमा नगद रू .२० हजार, जापानबाट समाजसेवी मन बहादुर सलामीकाे नगद रू.१० हजार,काेरियाबाट समाजसेवी बिजु दर्लामीकाे पहलमा ३ हजार,५ रूपैया र नेपालमा समाजसेवी तुलनाथ कंडेल र रामप्रसाद कंडेलकाे पहलमा १३ हजार गरी जम्मा रू.२ लाख,६४ हजार ४ सय,४५ रूपैया सहयोग रकम विरामीलाई हस्तान्तरण गरिएको बिरकाेट काडेवास सामाजिक क्लब यूकेका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयाे ।
साथै बिरकाेट काडेबास सामाजिक क्लबले स्थापना भएकाे विगत ५ बर्ष देखी निरन्तर आफ्नो जन्मभूमिप्रती स्वास्थ्य र प्राकृति विपत्ति लगायतका सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुर्याउदै आइरहेको बिरकाेट काडेवास सामाजिक क्लब यूकेका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)