Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा प्राध्यापकहरूको तीन दिने गोष्ठी,उच्च शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाइने

बुटवलमा प्राध्यापकहरूको तीन दिने गोष्ठी,उच्च शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाइने

  • 1.7K
    SHARES

  • बुटवलमा प्राध्यापकहरूको तीन दिने गोष्ठी,उच्च शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाइने

    बुटवल,माघ २६ । 

    उच्च शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन बुटवलमा प्राध्यापकहरूको तीन दिने गोष्ठी हुने भएको छ । नेपाल प्राध्यापक संघ लुम्बिनी प्रदेशले २८ गतेदेखि बुटवलमा प्रदेश स्तरीय गोष्ठी गर्न लागेको हो ।

    गोष्ठीमा तीन वटा कार्यपत्र प्रस्तुत हुने नेपाल प्राध्यापक संघका निर्वतमान केन्द्रीय अध्यक्ष बुद्धबहादुर थापाले जानकारी दिए । भद्रगोल उच्च शिक्षालाई कसरी प्रभावकारी बनाउने, सामुदायिक क्याम्पसहरुको अवस्थ, चुनौती र डिजिटल लर्निङको विषयमा विज्ञहरूले फरक फरक कार्यपत्र प्रस्तुत गर्ने थापाले जानकारी दिए ।

    गोष्ठीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । बुटवलका एभरेष्ट इन्टरनेशनल होटलमा हुने गोष्ठीमा प्रदेशभरका सबै क्याम्पसका प्रतिनिधिमूलक २०० प्राध्यापकहरू सहभागी हुने प्राध्यापक डा. अनन्त पन्थीले जानकारी दिए ।

    संघले यस्तै कार्यक्रम सात वटै प्रदेशमा गरेको प्राध्यापक यज्ञमूर्ति पाण्डेले जानकारी दिए । बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने उच्च शिक्षालाई राज्यले प्राथामिकतामा राख्नुपर्ने बताए ।a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology