Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने प्रष्ट जनादेश छ भ्रममा नपर्नुहाेला : प्रवक्ता शर्मा

कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने प्रष्ट जनादेश छ भ्रममा नपर्नुहाेला : प्रवक्ता शर्मा

  • 2.6K
    SHARES

  • कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने प्रष्ट जनादेश छ भ्रममा नपर्नुहाेला : प्रवक्ता शर्मा

    बुटवल,मंसिर ७- 

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेकोले भ्रममा नपर्न आग्रह गरेका छन्।

    शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटवार्ता सम्बन्धी खबर आइरहेका बेला आइतबार अपरान्ह प्रवक्ता शर्माले कोही कसैलाई भ्रममा नपर्न भनेका हुन्।

    नेकपाभित्र आन्तरिक विवाद भइरहेका बेला अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सभापति देउवालाई भेटेको र आगामी दिनमा सहकार्यको प्रस्तावसमेत राखेको दाबी सहितका चर्चा भइरहेको छ।

    तर यसतर्फ लक्षित गर्दै प्रवक्ता शर्माले नेकपाभित्रको द्वन्द्वसँग कांग्रेस निरपेक्ष रहेको उल्लेख गरेका छन्।‘भ्रम, कोही कसैलाई केही छ भने- पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई,’प्रवक्ता शर्माले भनेका छन्,‘अत: कुनै पनि भड्कावबाट टाढा छौं,रहनेछौं ’

    उनले घुमाउरो भाषामा सत्ताको जोडघटाउमा पार्टी नलागेको पनि उल्लेख गरेका छन्। ‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं अत: यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं,’ शर्माले भनेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology