Logo बिहिवार, आश्विन १ गते २०८३
images

फागुन ६ देखि प्रथम मेयर कप तथा पाँचौ बुटवल खुला लन टेनिस प्रतियोगिता

फागुन ६ देखि प्रथम मेयर कप तथा पाँचौ बुटवल खुला लन टेनिस प्रतियोगिता

  • 999
    SHARES

  • फागुन ६ देखि प्रथम मेयर कप तथा पाँचौ बुटवल खुला लन टेनिस प्रतियोगिता

    बुटवल, माघ २५ ।

    रुपन्देहीको बुटवलमा प्रथम मेयर कप तथा पाँचौ संस्करणको खुला लन टेनिस प्रतियोगिता हुने भएको छ ।

    रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो । रुपन्देहीमा लन टेनिस खेल र खेलाडीहरुको क्षमता विकास, नियमित अभ्यास र खेल पूर्वाधार विकासमा रुपन्देही लन टेनिस संघ निरन्तर लागेको उहाँको भनाइ छ ।

     वि.सं २०६८ सालदेखि रुपन्देहीमा खेलाडीहरुलाई संगठित गर्दै छोटो समयमा केन्द्रमा आवद्धता भएर वार्षिक कार्ययोजना बनाई जिल्लामा उमेर समूहका खेलाडी उत्पादन, खेलकुद गतिविधि, पुर्वाधार विकास र विभिन्न तालिमहरुमा जोड दिइएको उहाँले बताउनुभयो । हाल देविनगरमा ४ वटा ब्यवस्थित कोर्ट रहेका छन् । पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सय बढी खेलाडीहरु विभिन्न उमेर समूहमा भाग लिने खेल संयोजक तथा निवर्तमान अध्यक्ष संजयप्रकाश श्रेष्ठले बताउनुभयो  ।बुटवल उपमहानगरपालिकाले ४ लाख आर्थिक सहयोग गरेको छ  भने खेल अवधिभरमा १८ लाख खर्च अनुमान गरिएको छ ।  नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले खेलकुद मानव स्वस्थ्यका लागि महत्वपूर्ण भएको भन्दै खेलमा आवद्धता हुनुपर्ने बताउनुभयो ।प्रचार संयोजक तथा संघका सचिव सबर मियाले नेपालमात्र नभई भारत, भुटानबाट समेत खेलाडीहरु आउादा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।

    पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथि युगल, पुरुष भेट्रान्स ४५ माथि, पुरुष भेट्रान्स ५५ माथि र ६५ माथि गरी कुल १२ इभेन्टमा संचालन हुनेछन् ।प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपैयाँ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

    सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपैयाँ, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

    यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी डबल्सतर्फ पुरुष डबल्स-महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी भेट्रान्स डबल्सतर्फ ३५-४५-५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।

    १२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपैयाँ तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैया खर्च हुने अनुमान छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology