Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

मोरारी वापूद्वारा मायादेवी मन्दिरको दर्शन,भोलिदेखि रामकथा शुरु हुने

मोरारी वापूद्वारा मायादेवी मन्दिरको दर्शन,भोलिदेखि रामकथा शुरु हुने

  • 1.1K
    SHARES

  • मोरारी वापूद्वारा मायादेवी मन्दिरको दर्शन,भोलिदेखि रामकथा शुरु हुने

    बुटवल,माघ २३ ।

    भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गर्नुभएको हो ।

    पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गर्नुभयो ।

    वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगेर पानी पिउनुभएको थियो । उक्त अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयल बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिनुभएको थियो । उपाध्यक्ष मैत्तयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्ध जन्मको अकाट्य प्रमाण भएको बताउनुभयो । 

    उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेख्नुभएको छ । पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशि र शान्ति मिलेको वापूले उल्लेख गर्नुभएको छ । सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरि पूजा गर्नुभएको थियो ।

    लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितीको आयोजनामा मंगलबारबाट शुरु हुने रामकथा प्रवचनका लागि वापू यहाँ आउनुभएको हो ।  बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्ने इच्छा अनुसार नै वापू लुम्बिनी आएको आयोजकहरुले बताएका छन् ।morari bapu.jpg

    रामकथा प्रेमयज्ञ समितीको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुने छ । वापू सहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आउनुभएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology