बुटवल,माघ २२ ।
बुटवल जुनियर जेसिजको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सदस्य भुमिश्वर ढकालले जेसिजले विधिको शासन कायम गर्ने मूल उद्देश्य अनुसार समाज रहेका ठाउँमा लागु गनुपर्ने बताए । उनले जेसिसवाट समाज अन्यक्षेत्रले धेरै विषयहरू सिक्नुपर्ने भन्दै मुलुकको भविष्य युवाहरू काँधमा रहेको बताए।
कार्यक्रमका लुम्बिनी विश्व विद्यालयमा बोर्ड सदस्य नारायण भुसाल,बुटवल जेसीज अध्यक्ष हरि विक्रम कुँवर,बुटवल जुनियर जेसीज संस्थापक अध्यक्ष तथा निर्वाचन मण्डल प्रमुख निसान भुसाल,बुटवल जेसिजका पूर्वकोडिनेटर मथुरा पिया,मनोज भटराई,रीजन श्रेष्ठ,बालकुमारी भण्डारी,विजय गुरुङ लगायत बोलेका थिए।
कार्यक्रम असीम लामिछानेको अध्यक्षता र राजीव पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।सो अवसरमा असीम लामिछानेले नवनिर्वाचित बुटवल जुनियर जेसिज २०२३ का अध्यक्ष सुन्दर पौडेललाई पदहस्तारण गरेका थिए।छिमेकी शाखाहरू तिलोत्तमा,देवदह,सैनमैना जेसिजका पदाधिकारीहरू पनि उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)