बुटवल,माघ २२ ।
स्वामिनारायण मुक्तिनाथ धाम बुटवल १२ नयाँगाउ, रूपन्देहीमा श्रीमद्भभागवत पुराण प्रवचन,भविष्य पुराण अनुष्ठान सुरू भएको छ ।
विश्व कल्याण,पितृ उद्धार हेतु आयोजित अनुष्ठानमा धामका प्रमुख संरक्षक ब्रह्मनिष्ठ सन्त शिरोमणी स्वामिलोकानन्दको मुखारविन्दबाट आशिर्वचन तथा वचनामृत प्रवचन एवं अन्तर्राष्ट्रिय कथावाचक आचार्य श्री पवननन्दन ज्ञवालीबाट श्रीमद्भागवत कथा प्रवचन हुनेछ ।
महायज्ञ माघ २९ गतेसम्म चल्नेछ ।अनुष्ठानको लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरका बोल्दै उहाले धामको विकासका लागि सधै हातेमालो गरिने बताउनुभयो ।
उहाँले मुक्तिनाथ धाम यस क्षेत्रमै नमुना रहेको भन्दै धार्मिक पर्यटनले आर्थिक सामाजिक रूपमा समाज नै बलियो हुने बताउनुभयो । धामका प्रमुख संरक्षक स्वामि लोकानन्दले धर्म संस्कृतिको संरक्षणमा अनुष्ठानहरू गरिरहनुपर्ने बताउनुभयो । उद्घाटनअघि शोभा कलशयात्रा गरिएको मुक्तिनाथ धामका अध्यक्ष धर्मराज शर्माले बताउनुभयो ।
साे अवसरमा ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयकी प्रमुख कमला दिदि ,घनलाल बस्याल,नारी जागृति समुहका अध्यक्ष पुष्पा सापकोटा लगायतले बाेल्नुभएको थियो ।
पुराण प्रवचन अवधिमा पितृ उद्वारका लागि दीप प्रज्जवलन, कलश पुजन, तुला दान, भुमि दान, गो दान, द्रव्यदान, वेद पारायण, रूद्राभिषेक , हवनात्मक यज्ञ , पञ्चदेवोपासना, सन्त महात्मा ,विद्वान सम्मेलन र आशिर्वचन समेत हुने धामका प्रेस सल्लाहकार कपिल ज्ञवालीले बताउनु भयो ।
अनुष्ठानमा सहभागी हुन सबैलाई धामले हार्दिक अपिल गरेको छ । अनुष्ठानको तयारी स्वरूप हिजो पूर्वाङ्ग पूजा गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)