Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश सभाको स्थापना दिवस मनाइँदै

लुम्बिनी प्रदेश सभाको स्थापना दिवस मनाइँदै

  • 1.5K
    SHARES

  • लुम्बिनी प्रदेश सभाको स्थापना दिवस मनाइँदै

    दाङ,माघ २१ ।

    लुम्बिनी प्रदेश सभाको छैठौ स्थापना दिवस आज मनाइँदैछ ।राप्ती उपत्यका देउखुरी प्रदेश सभा परिसरमा औपचारिक समारोहकाबीच प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।

    २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेकै दिनलाई हरेक वर्ष स्थापना दिवसका रुपमा मनाउने गरिएको छ।

    लुम्बिनी प्रदेशसभा अन्य प्रदेशको तुलनामा कानुन निर्माणमा अगाडि रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनले बताए । प्रदेश सभाको पहिलो कार्यकालमा मात्रै ७२ वटा विधेयक सभाबाट पारित गरेको उनले जानकारि दिए ।

    प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री लिला गिरीले पाँच वर्षको अवधिमा प्रदेशको नाम राजधानी तोक्ने, त्यसलाई कार्यान्वयन गर्नेजस्ता महत्त्वपूर्ण काम गरेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology