Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यू इन्भाइरन्मण्ट अंग्रेजी माविको २९औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण

न्यू इन्भाइरन्मण्ट अंग्रेजी माविको २९औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण

  • 2.3K
    SHARES

  • न्यू इन्भाइरन्मण्ट अंग्रेजी माविको २९औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण

    बुटवल,माघ २० ।

    न्यू इन्भाइरन्मण्ट अंग्रेजी मा.वि.को २९औँ वार्षिकोत्सव एवम् पुरस्कार वितरण कार्यक्रम भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनको अध्यक्षतामा सञ्चालन एवम् विद्यालयका प्रबन्ध निर्देशक घनश्याम ज्ञवालीको उपस्थितिमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा हरेक तहका विद्यार्थीहरुबाट विविध सांस्कृतिक कार्यक्रम, गीत गायन एवम् विद्यालयमा रहेका स्मृति अक्षयकोषबाट हरेक तहका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो ।

    कार्यक्रममा विद्यालयबाट प्रकाशन गरिने “ज्ञानवाटिका” भाग तीन पुस्तकको विमोचन गरिएको थियो भने विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

    कार्यक्रमको औचित्यमाथि विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई कक्षा–९मा अध्ययनरत् छात्राहरु करुणा पाण्डे र अनुष्का पन्तले सञ्चालन गरेका थिए भने  कक्षा–७ मा अध्ययनरत् छात्रा जानवी थापाले स्वागत गरेकी थिइन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology