बुटवल,माघ १९ ।
बुटवलमा स्वतन्त्र इरिक्सा मजदुर संघको आन्दोलन शुरु गरेका छन् । उनीहरुले आफुहरुलाइ पनि दर्ता गर्नुपर्ने वा सबैको दर्ता खारेजी गर्न पाउनुपर्ने माग राखेका हुन् ।
बुटवल रानीगंजबाट बुटवल उपमहानगरको गेटसम्म नाराबाजीसहित बजार परिकर्मा गर्दै उनीहरुले आन्दोलन गरेका हुन् ।
नगरपालिका कार्यालय गेटमा नाराबाजी गरेको र नगरले आफुहरुलाइ गरिखान नदिएको स्वतन्त्र इरिक्सा मजदुर संघका अध्यक्ष फुूलकुमार चौधरीले बताउनुभयो । उनीहरुले आफुहरुको माग सम्बोधन नभए दैनिक आन्दोलन चर्काउने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)